back
NMB ad

१ सय ३० करोड नयाँ नोट बाँडिसकेको राष्ट्र बैंकले शुक्रबारसम्म कति बाँड्ला ?

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको थापाथली शाखाले ३ दिनमै सर्वसाधारणलाई १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट बाँडेको छ । आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएकोछ ।

गत आइतबारदेखि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको थियो । बैंकको थापाथली शाखाबाट मात्रै ३ दिनमा १ अर्ब ३० करोड नयाँ नोट बाँडिएको हो । राष्ट्र बैंकले यसअघिनै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट वितरण गरिसकेको छ भने उपत्यका बाहिरका आफ्ना पाँचवटा क्षेत्रीय कार्यालय मार्फत पनि सर्वसाधारणलाई सीधै नयाँ नोट वितरण गरिरहेको छ ।

राष्ट्र बैंकको थापाथली शाखाबाट आइतबार ३० करोड, सोमबार ४५ करोड रुपैयाँ नयाँ नोट सर्वसाधारणलाई बाँडिएको थियो भने र मंगलबार ५० करोड रुपैयाँको हाराहारीमा बाँडिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारी, कर्मचारीका निकट मान्छे, पहुँचवाला मान्छे र बैंकका ठूला ग्राहकलाई मात्रै नयाँ नोट दिएपछि राष्ट्र बैंकमा सर्वसाधारणको ठूलो लाइन लागेको छ । नयाँ नोट साट्न राष्ट्र बैंकमा सर्वसाधारणहरु ५÷६ घण्टासम्म लाइन बसेका छन् ।

१९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १९ बुधवार १२:४२ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...