back
NMB ad

विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली   

Kumari bank ad

काठमाडौँ २७ साउन : नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि र्‍याली आयोजना गरेको हो ।

प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी सम्पन्न भएको थियो । र्‍यालीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रव््द्धन गर्ने नीति सरकारको रहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारी, विद्युतीय सवारी साधनका प्रयोकर्तालगायतको उपस्थिति थियो । प्राधिकरणले सहरी क्षेत्रका लागि विद्युतीय गाडी मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ ।

प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ स्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउँमा एक सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् । चार्जिङ स्टेसनको महसुलमा विशेष सहुलियत प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र दुई सय केभिएसम्मको विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ । आव २०७७/७८ मा चार पाङग्रे सवारी साधन (कार, जिप) दुई सय ४९ आयात गरिएकामा गत आर्थिक वर्षमा चार हजार पाँच सय ७० आयात गरिएका थिए । तीन वर्षमा आयात भएका विद्युतीय सवारी साधनको सङ्ख्या छ हजार छ सय २६ रहेको छ । साथै, ६० विद्युतीय बस आयात गरिएका प्राधिकरणले जनाएको छ । तीन वर्षमा नौ हजार सात सय ९० दुई पाङग्रे सवारी साधन आयात गरिएका छन् ।

वि.सं.२०८० साउन २७ शनिवार १७:१७ मा प्रकाशित

You can share this post!

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ : उपसभापति वाग्ले   

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ : उपसभापति वाग्ले   

वि.सं.२०८१ जेठ १९ शनिवार १७:४८

दमौली (तनहुँ), १९ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं...

धादिङ-काठमाडौँ सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

धादिङ-काठमाडौँ सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ जेठ १९ शनिवार १७:३०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङ-काठमाडौँ सम्पर्क मञ्चले खुल्ला...

बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन   

बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन   

वि.सं.२०८१ जेठ १९ शनिवार १६:५९

काठमाडौँ, १९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...

यस वर्षको मनसुन सिक्किम आइपुग्यो,  एघार दिनपछि नेपाल भित्रिने पूर्वानुमान   

यस वर्षको मनसुन सिक्किम आइपुग्यो, एघार दिनपछि नेपाल भित्रिने पूर्वानुमान   

वि.सं.२०८१ जेठ १९ शनिवार १६:४६

काठमाडौँ, १९ जेठ: जल तथा मौसम विज्ञान विभागले यस वर्षको...

प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी   

प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी   

वि.सं.२०८१ जेठ १९ शनिवार १६:४०

ध्रुवसागर शर्मा गलेश्वर (म्याग्दी) १९ जेठ : यहाँका प्राकृतिक स्रोतको...

यार्सा सङ्कलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त   

यार्सा सङ्कलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त   

वि.सं.२०८१ जेठ १९ शनिवार १६:२३

मुगु, १९ जेठ यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु...