back
NMB ad

गोलभेंडाको भाउ किलोको ७ रुपैयाँ

Kumari bank ad

सर्लाही । नाकाबन्दी पछि मौलाएको कालोबजारी संगै काठमाडौँ उपत्यकामा तरकारीको भाउ अत्यन्तै महँगो भएको छ । उत्पादकबाट उपभोक्ता सम्म आइपुग्दा विभिन्न स्थानमा बिचौलियाले नाफा खाँदा उपभोक्तालाई महँगो पर्न गएको हो । तर तरकारीको उद्गम स्थान सर्लाहीमा भने उत्पादन बढेपछि गोलभेंडाको भाउ घटेर ७ रुपैयाँ किलोमा झरेको छ ।

उत्पादन लागतभन्दा कम आम्दानी भएकाले मर्कामा परेको किसानको गुनासो छ । अनुकूल मौसम र शीतलहर नचल्दा गोलभेंडा उत्पादन तीन गुणा वृद्धि भएको छ । दैनिक ३ ट्रक निकासी हुने गोलभेंडा केही दिनयता १० ट्रक सम्म बाहिरिन थालेको छ । दैनिक १ लाख २० हजार किलो गोलभेंडा ठूला सहरमा निर्यात हुने गरेको ब्यापारी शम्भु चौधरीले बताए । ‘६० हजार किलोसम्म उत्पादन हुँदा भाउ ठीक थियो,’ उनले भने, ‘एक सातादेखि भाउमा गिरावट आएको हो । किसानलाई निकै मार परेको छ ।’ बुधबारदेखि नै किसानले प्रतिकिलो ७ रुपैयाँँमा गोलभेंडा बेचेका छन् ।

यस वर्ष इन्धन र रासायनिक मल अभावले किसानको उत्पादन लागत निकै बढेको थियो । प्रतिघन्टा ट्रयाक्टर जोताइ शुल्क १ हजारबाट बढेर २ हजार पुग्यो । कालोबजारमा बढी मूल्य हालेर इन्धन खरिद गर्दा जोताइ ज्याला बढी लागेको हो । त्यसैगरी भारतबाट अवैध रूपमा पैठारी हुने रासायनिक मल पनि यस वर्ष महँगोमा किसानले खरिद गर्नु पर्‍यो । लुकाई छिपाई मल ल्याउँदा ढुवानी शुल्क बढी लागेको भन्दै व्यापारीले दोब्बर मूल्य लिए ।

उत्पादन लागत बढे पनि उत्पादनको प्रमुख समयमा कम मूल्य पाउँदा घाटा भएको किसान अमृतप्रसाद खरेलले बताए । ‘कम्तीमा पनि यस वर्ष किलोको १५ रुपैयाँसम्म पाउँदा किसानलाई राहत हुन्थ्यो,’ उनले भने, ‘यसैगरी भाउ घट्यो भने किसानले निकै ठूलो नोक्सानी बेहोर्नुपर्छ ।’

केही दिनयता शीतलहर चल्न थालेकाले बोट जोगाउन बिषादी छिट्नुपर्दा लागत झन् वृद्धि भएको छ । मौसम प्रतिकूल भए बिरुवा जोगाउनै बढी खर्च हुने किसानले बताएका छन् ।

लालबन्दी, नवलपुर, सासापुर र कर्मैयाबाट दैनिक १० ट्रक गोलभेंडा निर्यात हुँदै आएको छ । दैनिक १ लाख २० हजार किलो निर्यात हुने बेला मूल्य घट्दा किसानलाई लाखौं नोक्सान हुने गर्छ , कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति २०७२ माघ १० गते आइतबार

वि.सं.२०७२ माघ १० आइतवार १०:५० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...