back
NMB ad

रिलायबल लाइफको आईपीओ, यी तरिकाबाट हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको छ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार आज साउन ३१ गते साँझ बाँडफाँड गरेको छ ।

कम्पनीको आईपीआमा साउन २६ गते शुक्रबार साँझसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो।

यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । आईपीओको नतिजा केहि समयपछि हेर्न सकिने छ ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट :   https://www.civilcapitalmarket.com/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० साउन ३१ बुधवार १७:५० मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...