back
NMB ad

कामना सेवा विकास बैंकको नयाँ योजना “तिम्रै लागि” सार्वजनिक, यस्ता सुविधा पाइने

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास वैंकले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्र्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्वन्धलाई मजवुत वनाउदै, आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न उपहारको नयाँ परम्पराको शुरुवात स्वरुप “तिम्रै लागि” मुद्धती र वचत खाता सार्वजनिक गरेको हो ।

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन वढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरि उपहारको नयाँ परम्पराको शुरुवात गर्न वैंकले नयाँ निक्षेप योजना ल्याएको वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताउनुभयो ।

सम्वन्धपनको महत्व दर्शाउदै उक्त खाता हजुरवुवा हजुरआमा, वुवा आमा, श्रीमान् श्रीमती, दाजुभाई, दिदिवहिनी, छोराछोरी तथा नातीनातिनाहरुले आफ्नो पारिवारिक सम्वन्ध भित्र जो कसैलाई पनि उपहार स्वरुप उक्त मुद्धती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ ।

न्युनतम रु.१० हजारमा नै खोल्न सकिने मुद्धती खातामा मासिक रुपमा व्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैंकको मोवाईल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ ।

उक्त मुद्धती खातामा रहेको मौज्दातको ९० प्रतिशत सम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने वैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको शुरुवात गर्नको लागि ल्यार्ईएको उक्त खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै समेत जान सकिने समेत विशेषता रहेको छ ।

वि.सं.२०८० भदौ ४ सोमवार २०:५२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...