back
NMB ad

भिजन लुम्बिनी ऊर्जाले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

Kumari bank ad

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डबाट भदौ ५ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ।

कम्पनीले जारी पुजीँको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार ५ सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३,४ र पोखरा महानगरपालिका को वडा नं १९ का स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर जारी गर्नेछ भने अन्य बाकीँ १० प्रतिशत मध्येको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २ सय ५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्विकृती प्राप्त गरि बिदेशमा बसी रोजगार गरी रहेका नेपाली नागरिकहरुका लागी, ५ प्रतिशत अर्थात ९५ हजार ६ सय २५ कित्ता साधारण शेयर सामुहिक लगानी कोष, २ प्रतिशत अर्थात ३८ हजार २ सय ५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र बाँकी १५ लाख ८७ हजार ३ सय ७५ कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न स्विकृत पाएको छ ।

२०७५ मा कम्पनी कार्यालयमा दर्ता भई कम्पनिले उर्जा क्षेत्रमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३ ४ र पोखरा महानगरपालिकाको वडा नं १९ मा २५ मेगावाटको सेतिनदि जलबिद्युत आयोजना को निर्माण गरिरहेको छ । करिब ९२ प्रतिशत काम सकिईसकेकोले अबको केहि महिनाभित्रमै बत्ती बाल्ने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिएका छन् ।

२५ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धन गर्दै आएको कम्पनीमा एचआईडीसीएल, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स लगायत करिब १ हजार ५०० जना संस्थापक सेयर सदस्यहरुको लगानी रहेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०८० भदौ ६ बुधवार १६:०७ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...