back
NMB ad

आजदेखि भिजन लुम्बिनी ऊर्जाको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आज भदौ १९ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख २५ हजार रुपैयाँको आईपीओ निष्काशन गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर बिक्री खुला गरिनेछ।

त्यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गर्नेछ।

उक्त आईपीओमा आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का बासिन्दाले आवेदन दिन पाउनेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १९ हजार १२० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा स्थानीयका लागि भने असोज १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

स्थानीयले माछापुच्छ्रे गाउँपालिकामा रहेको सेती नदी जलविद्युत आयोजनास्थल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्सको माछापुच्छ्रे गाउँपालिकाको भुजुङखोला शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन्।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

वि.सं.२०८० भदौ १९ मंगलवार ०७:१० मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...