back
NMB ad

प्रतिकित्ता ५० रुपैंयामा हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री खुला, कति कित्ता दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।  आईपीओको निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गते  हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० भदौ २१ बिहीवार ०६:४७ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...