back
NMB ad

हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना   

Kumari bank ad

सिमकोट (हुम्ला), २१ भदौ ः हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।

प्रदेश सरकारको लागतमा स्थापना गरिएको उक्त केन्द्रबाट अस्पतालका सबै शय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । पाइपबाट शय्यासम्ममै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, सघन उपचार कक्षमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको उहाँको भनाइ थियो ।

उक्त केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न जिल्ला बाहिर नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्ने बाध्यता अन्त हुनाका साथै समय र खर्चको बचत भएको छ । अक्सिजन प्लान्टले एक दिनमा १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्नसक्छ । एकपटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

आइपुग्यो एम्बुलेन्स    
भारत सरकारले एक वर्ष अगाडि सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा सो एम्बुलेन्स ल्याइएको थियो ।

एम्बुलेन्स आइपुगेपछि स्थानीयवासी खुसी भएका छन् । अब सेवाग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पु¥याउनुपर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीले बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्वजिल्लासभापति जयपति रोकायाले काठमाडौँबाट सिमकोटसम्म एम्बुलेनस ल्याउन पहल गर्नुभएको थियो । एम्बुलेन्स जिल्ला अस्पतालसम्म आइपुग्न रु सात लाख ढुवानी खर्च लागेको थियो ।

वि.सं.२०८० भदौ २१ बिहीवार १४:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...