back
NMB ad

तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन   

Kumari bank ad

काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो ।

उहाँले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने समेत आश्वासन दिनुभयो । प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो ।

महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव दिएको छ । “यो समयमा हामीलाई सहयोग र समर्थन चाहिएको छ”, महासङ्घ अध्यक्ष ढकालले भन्नुभयो, “थप समस्या सिर्जना गरिदिनु भएन भन्ने हाम्रो माग हो ।” कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासङ्घको भनाइ छ ।

वि.सं.२०८० भदौ २५ सोमवार १३:१५ मा प्रकाशित

You can share this post!

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:१३

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:०५

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:४३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:३२

गोदार (धनुषा), ३१ वैशाख : जनकपुरमा सहकारीको रु ८० लाख...

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१४

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...