back
NMB ad

शेर्पा सारथी टीटी टायरको बिक्री सुरु

Kumari bank ad

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ ।

नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच अर्थमन्त्री डा. प्रकाश शरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गर्नुभयो ।

विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् ।

उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे ।

करिव ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यस अघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ । हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र १०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन् ।

वि.सं.२०८० भदौ २६ मंगलवार १७:१६ मा प्रकाशित

You can share this post!

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:३२

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न...

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:२६

निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए...

बजेट भाषण गर्ने समय सर्‍याे   

बजेट भाषण गर्ने समय सर्‍याे   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:१५

काठमाडौँ, १५ जेठः आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:११

काठमाडौँ, १५ जेठ : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको...

महिनावारीको बेला महिला ट्राफिकलाई सडकमा नखटाउने गृहमन्त्रीको घोषणा

महिनावारीको बेला महिला ट्राफिकलाई सडकमा नखटाउने गृहमन्त्रीको घोषणा

वि.सं.२०८१ जेठ १५ मंगलवार ११:५९

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा...

यार्सा टिप्न गएकी युवतीको मृत्यु   

यार्सा टिप्न गएकी युवतीको मृत्यु   

वि.सं.२०८१ जेठ १५ मंगलवार ११:५३

त्रिवेणी (रुकुम पश्चिम), १५ जेठ : यार्सागुम्बा टिप्न डोल्पा गएकी...