back
NMB ad

कनेक्ट आइपीएसको ‘रिफर अ फ्रेण्ड’अफर

Kumari bank ad

काठमाडौं । कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्।

उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ। रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेपश्चात रिफररले रु. २५ आफ्नो बैंक खातामा र रिफरीले रु। ५० आफ्नो बैंक खातामा प्राप्त गर्नेछ।

रिफररले आफ्नो रिफरल कोडसँगै लिंक पनि सेअर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक सजिलो माध्यम हो। कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार रु। २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार रु. २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ। यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्यूआरलगायतका थुप्रै प्रकारका भुक्तानी गर्न सकिन्छ। कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० सदस्य बैंक तथा वित्तीय संस्थामार्फत रु. ४१ खर्ब २६ अर्बबराबरको ५ करोड ५ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।

वि.सं.२०८० भदौ २९ शुक्रवार १२:२३ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...