back
NMB ad

छुटाउनुभयो कि ? मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असोज २ गते अन्तिम दिन रहेको छ। कम्पनीको आइपीओमा आज कार्यालय समयसम्म आवेदन दिने सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

यसमामा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० असोज २ मंगलवार १२:१८ मा प्रकाशित

You can share this post!

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...