back
NMB ad

तनहुँ जलविद्युत् आयोजनाको एक हजार एक सय मिटर सुरुङ निर्माण   

Kumari bank ad

तनहुँ, २ असोज : जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ एक हजार एक सय मिटर लामो सुरुङ निर्माण गरिएको छ ।

कूल एक हजार चार सय ५६ मिटर सुरुङमध्ये अब तीन सय ५६ मिटर दूरी खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगतितर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माण कार्यको २५ प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा सम्झौता गरेको थियो । प्याकेज–२ अन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने सुरुङको सबै कार्य सम्पन्न भइसकेको छ । यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भइरहेको छ । वन नीतिका कारण अहिले विद्युत् टावर निर्माणमा समस्या भएको छ । उक्त प्याकेजको ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।

कूल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

त्यसैगरी, आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा सम्झौता भएको थियो थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत् गृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि सुरु भएको हो ।
त्यसैगरी प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण भइरहेको छ । उक्त प्याकेजको कामका लागि केइसीसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो । उक्त प्याकेजको ६९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

वि.सं.२०८० असोज ३ बुधवार ०६:५७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...