back
NMB ad

संस्थापक सेयरधनीलाई सिटिजन लाइफले गर्यो यस्तो आग्रह

Kumari bank ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सेयर अभौतिकीकरण गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो।

सेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। त्यसका लागि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ।

भौतिक रुपमा जारी गरेको संस्थापक सेयर तथा सोको हकप्रद सेयर प्रमाणपत्रहरुका साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपिसहितको कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।

कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाई आफ्नो संस्थापक सेयरलाई अभौतिकीकरण गर्न आग्रह गरेको छ।

वि.सं.२०८० असोज ५ शुक्रवार ११:०८ मा प्रकाशित

You can share this post!

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...