back
NMB ad

एलर्जी तथा दमको औषधि कलेजोको रोग नियन्त्रणमा निकै लाभदायी

Kumari bank ad

काठमाडौँ । एलर्जी तथा दमको रोगमा प्रयोग गरिने औषधि कलेजोको रोग नियन्त्रणमा निकै लाभदायी हुने अध्ययनले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार एलर्जी तथा दमको रोगमा सेवन गरिने औषधिले केवल कलेजोको रोग रोकथाम गर्ने मात्र होइन यसले कलेजो प्रत्यारोपणको आवश्यकतालाई पनि कम गरिदिन्छ ।

मुसामा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । अनुसन्धानका क्रममा एलर्जी तथा दममा प्रयोग गरिने औषधिमा हुने क्रोमोलिन सोडियमले कलेजोको सिरोसिसका लागि जिम्मेवार कोशिकाहरुको परिवर्तनलाई सफलतापूर्वक रोक्न सक्ने देखिएको छ ।

अमेरिकाको टेक्सासस्थित ब्लेयर स्कट एण्ड वाइट हेल्थका शोधकर्ता हेथर प|mान्सिसका अनुसार यस अध्ययनलाई आधार मान्दा बिरामीमा कलेजोको फाइब्रोसिसको रोकथाम वा न्यूनिकरणमा दमको औषधि निकै लाभदायी हुने देखिन्छ ।

हेपाटोलोजी जर्नलमा प्रकाशित शोध अनुसार यो अनुसन्धानले प्राइमरी स्केरजिंग कोलंगाइटिसका विरामीको उपचारमा नयाँ सम्भावना देखाएको छ ।

पिएससी एक परम्परागत रोग हो जसमा पित्तनलीमा नोक्सान पुगेसँगै कलेजो खराब हुन्छ । यो रोगको कुनै प्रभावकारी उपचार विद्यमान छैन र कलेजो प्रत्यारोपण मात्र विकल्प हुन्छ ।

वि.सं.२०७३ असोज ३० आइतवार ०१:०० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...