back
NMB ad

कर्जा प्रवाहमा एनआईसी एशिया बैकका कर्मचारीको ठगी धन्दा, ऋणीसँग लिए २ करोड ५ लाख

Kumari bank ad

सञ्जय कार्की, रौतहट । ऋण लगानी गर्दा एनआईसी एशिया बैकका कर्मचारीले ग्राहक संग सापटी भन्दै रकम ठगि गरेको खुलेको छ । आफुहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धान जारी राखिएको बताउनु भयो ।

ऋण स्वीकृत र कर्जा प्रवाह गरे बापत एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८का प्रोपाईटर संग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएपनि फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि उनीहरु प्रहरीको शरणमा पुगेका हुन ।

कर्जा प्रबाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ता संग बुझन खोज्दा उनी सम्पर्क बिहीन बनेका छन । कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपुर्ण ऋण स्वीकृत गरेपछि एन आईसी एशिया बैक गरुडाका प्रबन्धक गप्ताले अशोका एग्रिकल्चर दुर्गाभगबती–१का प्रोपाईटर अशोक कुमार साह संग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७ गते चेकनम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो । साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्बनै बैक प्रबन्धकले खाली चेक लिएर बिभिन्न ब्यबक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ । यस्तै जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घर सहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साह संगको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक आमोद गुप्ताले चेकनम्बर ४९००५३६४ बाट रामसिह राय यादबको नाममा ९ लाख ९० हजार, चेकनम्बर ५९००५३६२ को बाट मनिषा देबी साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६३ बाट माधब प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ ।

अम्बे कृषि फर्म चन्द्रपुर–८का चेकको बिबरण बैकले नदिएको बताइएको छ । एन आईसी एशिया बैक प्रधान कार्यालयका मुख्य गुनासो ब्यबस्थापन अधिकारी अर्जुन राज खनियाले आफुले यस बिषयमा बोल्न नमिल्ने बताउनु भयो ।

वि.सं.२०८० असोज १४ आइतवार २१:३२ मा प्रकाशित

You can share this post!

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०९

काठमाडौं । राइटपाथको आयोजनामा यही बैशाख २९ गतेदेखि जेठ ८...

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०३

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले...

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:१६

सानेबहादुर नेपाली तनहुँ २७ वैशाखः जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा...

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:०९

काठमाडौँ, २७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय...