back
NMB ad

भोजपुरका एक युवाले २ बोटको रूद्राक्ष ५५ लाखमा बेचे !

Kumari bank ad

भोजपुर । बोटमा फलेको रुद्राक्ष ५५ लाखमा बिक्यो भन्दा आर्चश्य लाग्छ । धेरैले वाइयात कुरा भनेर पत्याउँदैनन् । तर कुलुङ–२ भोजपुरका आशमान राईले दुई महिनाअघि बगानमा भएको रुद्राक्षको बोटको दुई वर्षको उत्पादन ५५ लाख रुपैयाँमा बेचेका छन् ।
दुई बर्ष अघि सोही बोटमा फलेका रुद्राक्ष आशमानले तीन लाख ५० हजारमा बेचका थिए । उनले यसवर्ष पनि २०७३ र ७४ सालको उत्पादन लिने शर्तमा व्यापारी गोबिन्द कटुवाल तथा सालिग्राम थापालाई ५५ लाखमा बिक्री गरेका हुन् ।
राईले गाउँमा समाज राखेर कागजमा लेप्चे लगाएर ५५ लाख नगद बुझे । कुलुङका अधिकांश परिवारले बार्षिक रुपमा १० लाखसम्मको रुद्राक्ष बिक्री गर्ने गर्छन । उनले ५५ लाख हातमा समाउदा गाउँले खासै अनौठो मानेन ।
राम्रो रुद्राक्ष फल्छ पैसा त पाउनेनै भयो एक व्यपारीले भने । खरिद गर्ने रुद्राक्ष व्यपारी सालिग्राम थापाले भने–’यो रुद्राक्ष चिनियाँ बजारमा माग भएअनुसार चिल्लो, ठुलो (कण्ठे) थेप्चे, पाटो मदाने आकारको ६ र ७ मुखे मात्र फल्ने गर्छ त्यसैले दाम कसेर लगाएका हौ ।
नाफा त हुन्छ ।’ आशमानको बगानमा फल्ने रुद्राक्ष उत्कृष्ट भए पछि गत बर्ष बोटबाट चोरी भएको थियो । प्रहरीले रुखको मुचुल्का गरी अनुसन्धान गरेको थियो ।
पाँच बर्ष यता देखि चीनको बजारमा नेपाली रुद्राक्षको माग बड्न थालेको छ । यो रुद्राक्ष चिनियाँ बजारमा बढी माग भएको मध्ये हालसम्मकै उत्कृष्ट रुद्राक्ष भएको व्यपारीहरुको भनाई छ । माम्लिङ, स्याबुन र चैनपुर–१७ लुहाकोटमा एक÷एक बोट अत्यन्तै थेप्चे फल्ने हालसम्मकै उत्कृष्ट बोट रहेको पाइएको छ भने यि भन्दा पनि राम्रो दाना भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष बिपिन राईले बताए ।
६५ वर्षीय आशमान राईले रुद्राक्षबाट यस अघिका बर्षमा पनि बार्षिक १० लाख बढी आम्दानी गर्ने गर्छथे । सामान्य परिवारका उनी रुद्राक्षको आम्दानीबाटै छोराछोरीलाई खुसी बनाएका छन् । तीन छोरा र दुई छोरी बिवाह गरी छुटाभिन्न भई सकेको उनले बताए ।

३० असोज २०७३

वि.सं.२०७३ असोज ३० आइतवार २२:५२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...