back
NMB ad

आगामी नोभेम्बरमा बाइडेन र जिनपिङबीच भेट गराउने ह्वाइट हाउसको योजना   

Kumari bank ad

वासिङ्टन डिसी, २० असोज
ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ ।

ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको हो ।

“बैठक पक्का हुनेछ”, भेटबारे औपचारिक घोषणा भइनसकेको भन्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “भेट गराउने योजनाको हामी प्रारम्भिक प्रक्रियामा छौँ ।”

ह्वाइट हाउसका अर्का अधिकारीले बाइडेन चिनियाँ राष्ट्रपति जिनपिङसँग भेट्न उत्सुक हुनुभएको तर त्यसबारेमा अहिलेसम्म केही पुष्टि भइनसकेको बताउनुभएको उक्त अखबारले उल्लेख गरेको छ ।

ती अधिकारीले आगामी साताहरूमा चिनियाँ विदेशमन्त्री वाङ यीले वासिङ्टनको भ्रमण गरेपछि दुई राष्ट्रपतिबीचको भेटको योजनाबारे स्पष्ट हुने जानकारी दिनुभयो ।

“चीन र अमेरिकाबीच द्विपक्षीय संलग्नता र आदानप्रदानका बारेमा कुराकानी भइरहेको छ”, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पङ्ग्युले भन्नुभयो, “दुवै पक्षलाई अवरोधहरू हटाउन, ठोस कार्यद्वारा मतभेदहरूको व्यवस्थापन गर्न तथा असल विश्वासका साथ संवादलाई बढाउन र सहयोग अभिवृद्धि गर्न एउटै दिशामा काम गर्न आवश्यक छ ।”

वासिङ्टन पोस्टका अनुसार गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० को बैठकका क्रममा दुई ठूला अर्थतन्त्रका प्रमुखहरूबीचको भेटपछि आगामी नोभेम्बरमा पहिलो व्यक्तिगत भेट हुनेछ ।

उक्त बैठकमा दुवै राष्ट्रपतिले प्रत्यक्ष कूटनीतिको महत्वमाथि जोड दिँदै अमेरिका–चीन सम्बन्धलाई सही मार्गमा ल्याउन सकिने आशा व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०८० असोज २० शनिवार १२:४९ मा प्रकाशित

You can share this post!

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...