back
NMB ad

यो कस्तो सेवा हो राष्ट्रिय वाणिज्य बैंकको ? बोर्ड छ सेवा छैन…

Kumari bank ad

बेनी। राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा बोर्ड राखिएको छ, तर सुविधा भने शून्य छ । द्वन्द्वकालमा विस्थापित बनेको दरवाङ शाखा पुनःस्थापना गर्नुअघि वाणिज्य बैंकले शाखारहित बैकिङ् सुविधा उपलब्ध गराउन स्थानीय ओम पुनलाई आधिकारिक जिम्मेवारी दिएको थियो । तर, पुनले शाखाको ‘उद्घाटन’ नभएको भन्दै काम नगरेपछि सो क्षेत्रका सेवाग्राही मारमा परेका छन् ।

उद्योग वाणिज्य सङ्घ दरवाङ इकाइका अध्यक्ष मोतीराज उपाध्याय गौतमले शाखारहित बैकिङ सुविधामा धेरै सेवा पाइने भए पनि दरवाङबाट त्यो पाउन नसकेको बताए । उक्त शाखा पुनःस्थापना गर्न दरवाङ क्षेत्रका उद्योगी व्यवसायीले जिल्लास्थित सरोकारवाला निकायलाई निरन्तर माग गर्दै आएका छन् ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको दरवाङका व्यवसायीले शाखा पुनःस्थापनाका लागि वार्षिक आठ करोडदेखि १० करोडसम्म निक्षेप सङ्कलन गर्ने प्रतिबद्धता जनाएका थिए । वाणिज्य बैंक म्याग्दी शाखाका प्रबन्धक धुव्रराज पनेरुले आफू आउनु पूर्व नै दरवाङमा पुनलाई जिम्मेवारी दिइएको बताए ।

प्रकाशित मितिः २०७३ कार्तिक २

वि.सं.२०७३ कात्तिक २ मंगलवार १७:५१ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...