back
NMB ad

फेरी त्रिशुलीमा बस खस्यो, एक जनाको मृत्यु,आठजनाको जीवितै उद्धार

Kumari bank ad

चितवन । चितवनस्थित नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दाहाखानी गाविस–६ नौ किलो भन्ने स्थानबाट आज राति राति एउटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ ।

राति करिव साढे ८ बजेको समयमा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

काठमाण्डौंबाट भैरहवातर्फ जान आउँदै गरेको लु १ ख ७३९१ नम्बरको बस त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

सडकबाट खसेको बसको केही भाग मात्रै पानीमा देखिएको छ । घटनापछि आठजनाको जीवितै उद्धार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी हवल्दार कमल खड्काका अनुसार बस दाहखानी – ६ बाट त्रिशुलीमा खसेको जानकारी आएको छ । “हामी पनि घटनास्थलमा गइरहेका छौं, उनले भने, “अहिले बस र यात्रुको अवस्थाबारे एकिन भन्न सकिने अवस्था छैन ।

सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ ८स् ४५ बजे त्रिशूलीमा खसेको हो ।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए ।

बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डीएसपीको नेतृत्वमा टोली घटनास्थलतर्फ गइसकेको ।

अहिले घटनास्थलमा उद्धार कार्य जारी छ । घटनास्थलमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

वि.सं.२०७३ कात्तिक २ मंगलवार २२:१३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...