back
NMB ad

लागू औषध मुद्दाका फरार अभियुक्त सम्राटराज पन्त पक्राउ

Kumari bank ad

काठमाडौं : लागू औषध कारोबार अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार साँझ काठमाडौंको भत्केको पुलनजिकबाट पक्राउ गरेको छ ।

लागू औषध कारोबार गरेको अभियोगमा मोरंग जिल्ला अलदालतमा मुद्दा मुल्तवीमा रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ५ बस्ने ४० बर्षिय सम्राटराज पन्तलाई मालिगाउँ प्रहरी बृत्तले घरबाटै पक्राउ गरेको हो ।

सरकारले पन्तसहित मोरंगका बिक्की भन्ने विकास अग्रवाललाई विपक्षी बनाइ मोरंग जिल्ला सरकारी वकिल कार्यालय २०७८ जेठ २० मा मुद्दा दर्ता गरेको थियो । प्रहरीले अग्रवाललाई मुद्दासँगै पेश गरे पनि पन्त भने फरार थिए ।

पन्तलाई हाजिर हुन आउन अदालतले २०७८ साल मंसिर २७ मा गोरखापत्र दैनिकमा म्याद प्रकाशन गरेको थियो । पत्रिकामा प्रकाशन गर्दा पनि पन्त अदालतमा हाजिर नभएपछि सहअभियुक्त अग्रवालको हकमा सजाय हुने गरी फैसला गर्दै पन्तको हकमा मुद्दा मुल्तबीमा राखेको थियो । एउटै अभियोगमा अग्रवाललाई अदालतले २ बर्ष कैद र २० हजार रुपैयाँ जरिमाना गरेको छ ।

मोरंग जिल्ला अदालतमा मुद्दा मुल्तवीमा रहे पनि पन्त भने काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा उनी विरुद्ध चलिरहेको देवानी मुद्दामा तारिख धाइरहेका थिए । प्रहरीको आँखा छल्दै लुकिछिपी बस्दै आएका पन्तलाई प्रहरीले पक्राउ गरेपछि मोरंग जिल्ला अदालतमा बुझाउने तयारी गरेको छ ।

वि.सं.२०८० असोज २६ शुक्रवार १७:४१ मा प्रकाशित

You can share this post!

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...