back
NMB ad

तिहार : भारतबाट आउँदै सयपत्री, २ करोड ४० लाखको माला किनबेच हुने !

Kumari bank ad

काठमाण्डौं । आउँदै गरेको नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारमा स्वदेशी फूलले नधान्ने भएपछि पुष्प व्यवसायीले भारतबाट डेढ लाख सयपत्री माला आयात गर्ने भएका छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले तिहारमा करिव दुई करोड ४० लाख रुपैयाँसम्मको सयपत्री माला कारोबार हुने बताएका छन् ।

उनका अनुसार, तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्री माला नेपालकै स्वदेशी उत्पादनले धान्छ। बाँकी २० प्रतिशत भारतबाट आयात हुन्छ । यसपाली तिहारमा मालाको भाउ प्रति माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने उनले जानकारी दिए ।

धादिङबाट मात्रै एक लाख भन्दा बढी सयपत्री उपत्यकामा आउँछ । उपत्यकामा एशोसिएसन आबद्ध ८० वटा फूल पसलहरु छन् । एसोसिएसनको तथ्यांक अनुसार देशभरी ३८ वटा जिल्लामा ६ सय ७५ वटा नर्सरीहरु एक सय ४७ हेक्टर क्षेत्रफलमा फूल खेती गरिएको छ ।

मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए । तिहारको भाइटिकाको दिनमात्र एक लाख मखमली मालाको प्रयोग हुने पनि उनले बताए । यो वर्ष तिहारमा मखमलीको माला प्रति गोटा ५० रुपैयाँ पर्ने छ ।

३ कार्तिक २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ कात्तिक ३ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...