back
NMB ad

यी १३ बैंकले घटाए ब्याजदर, हेर्नुहोस् कुनको कति ?

Kumari bank ad

काठमाडौं । कात्तिक महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ ।

हालसम्म कात्तिका लागि २० वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १३ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ । त्यसैगरी, २ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ३ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

२० बैंकहरुमध्ये असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने एभरेष्ट बैंक रहेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ।

कात्तिकमा माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थीर राखेका छन् भने नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने सामान्य बढाएका छन् ।

यस्तै, प्राइम कमर्सियल बैंकले कात्तिकमा १.१० प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.३५८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, नबिल बैंकले कात्तिकमा १.०५४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिकमा १.०२ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०।०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, प्रभु बैंकले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, ग्लोबल आइमई बैंकले कात्तिकमा ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, कृषि विकास बैंकले कात्तिकमा ०.२५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०।०११ प्रतिशत र संस्थागततर्फ ८.०११ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, कुमारी बैंकले कात्तिकमा ०.१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ ८.११ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, सिटिजन्स बैंकले कात्तिकमा ०.०९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा ०.७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९ प्रतिशत र संस्थागततर्फ ६.२९ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, नेपाल बैंकले कात्तिकमा ०.०६९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, हिमालयन बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, एनआईसी एशिया बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, माछापुच्छ्रे बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, नेपाल एसबिआई बैंकले कात्तिकमा ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

वि.सं.२०८० असोज ३० मंगलवार ०९:२५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...