back
NMB ad

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

Kumari bank ad

काठमाडौं । विशेष कार्यक्रमका साथ एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारीहरुका बिच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गर्नुभएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गनुभयो ।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

वि.सं.२०८० कात्तिक १ बुधवार १९:११ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...