back
NMB ad

स्वास्थ्य सेवा बढाउन दरबन्दी थपिने   

Kumari bank ad

गलकोट, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताउनुभएको छ ।

आज बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यका क्षेत्रमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसनिम्ति सरकारले थप दरबन्दीको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

“सबैभन्दा पहिले चिकित्सा सम्बद्ध कर्मचारी दरबन्दी, बढाउने, आधुनिक उपकरणको व्यवस्था गर्ने तथा भौतिक संरचनाले स्वास्थ्य सेवा प्रदायक संस्थालाई सुसज्जित गरेपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेछ,” ३० वर्षअघिको दरबन्दी र पुरानो संरचनाबाटै स्वास्थ्य सेवा प्रवाह भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले भन्नुभयो ।

सरकारले कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रलाई विनियोजन गर्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो । “वर्तमान सरकारको लक्ष्य स्वास्थ्य र शिक्षा निःशुल्क हो”, मन्त्री बस्नेतले भन्नुभयो, “सीमित बजेटमा अधिकतम काम स्वास्थ्य क्षेत्रमा भइरहेको छ, स्वास्थ्यकर्मीलाई इमानदार र लगनशील भएर सेवा प्रवाह गर्न अनुरोध छ, पूर्वाधार र उपकरणमा हामी लगानी गर्छौं ।”

मन्त्री बस्नेतले धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तारका लागि पाँच वटा डायलासिस मेसिन थप गरिएको तथा बागलुङ नगर अस्पताललाई चाँडै आवश्यक उपकरण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा मन्त्री बस्नेतसमक्ष बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकाको स्वास्थ्यका समस्या सेमिटएको मागपत्र प्रस्तुत गर्नुभएको थियो ।

वि.सं.२०८० कात्तिक ५ आइतवार ०६:४० मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...