back
NMB ad

लोकमानविरुद्ध महाअभियोग प्रस्ताव, संबिधानतः कार्की निलम्बित

Kumari bank ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

बुधबार दर्ता भएको अविश्वास प्रस्तावमा माओवादी सांसद महेन्द्रबहादुर शाही प्रस्तावक छन् भने एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक छन् ।  प्रस्तावमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले हस्ताक्षर गरेका छन् । माओवादीबाट उर्जा मन्त्री समेत रहेका जनार्दन शर्मासहित ४० सांसदको हस्ताक्षर छ ।

यससँगै अख्तियार प्रमुख कार्की संविधानतः स्वतः ‘निलम्बित’ भएका छन् । महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको टुंगो नलागेसम्म संम्वन्धित पदाधिकारी ‘निलम्बित’ अवस्थामा रहने व्यवस्था छ ।

संविधानको धारा १०१ को उपधारा ६ अनुसार अब लोकमानसिंह कार्कीले महाअभियोगको कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैनन् । यो एक प्रकारको निलम्बनकै अवस्था हो ।

लोकमानमाथि लागेको महाअभियोग व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले पारित गरेमा संविधानको धारा १०१ को उपधारा २ अनुसार उनी स्वतः पदमुक्त हुनेछन् । यद्यपि उनले सफाइको मौका भने पाउने छन् ।

महाअभियोग प्रस्ताव पारित भएमा लोकमानसिंह कार्की भविश्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागिसमेत अयोग्य ठहरिनेछन् । संविधानको धारा १०१ को उपधारा ९ मा महाअभियोग लागेर पदमुक्त भएको व्यक्तिले कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागिसमेत अयोग्य ठहरिने प्रावधान छ ।

संविधान अनुसार संसदको एक चौथाई सदस्यले महाअभियोग प्रस्ताव पेश गर्न सक्नेछन् । र, यसलाई दुई तिहाईले अनुमोदन गर्नुपर्छ । महाअभियोग प्रस्ताव सदनमा पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानविन गर्न महाअभियोग सिफारिस समिति हुनेछ ।

व्यवस्थापिका संसदले बुधबार मात्र ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा कांग्रेस र एमालेका चार–चार सांसद छन् भने माओवादीका दुई र राप्रपा नेपालका एक सांसद छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार २२:२८ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...