back
NMB ad

के तपाईले लघुवित्तको साधारण सेयर किन्नुभएको थियो ? आज बाँडफाँड हुँदैछ है !

Kumari bank ad

काठमाण्डौं । सुर्योदय लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको १ लाख २० हजार कित्ता साधारण सेयर आज बाँडफाँड हुँदैछ । आज बिहीबार मध्यान्ह ३ बजे कान्तिपथस्थित होटल येल्लो प्यागोडामा सेयर बाँडफाँड गर्न लागिएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएकोछ ।

सुर्योदयले नेपाल राष्ट्र बैङ्कबाट २०७० असार ६ मा ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा कारोवार गर्न स्वीकृति प्राप्त गरेको हो । स्याङ्जाको पुतली बजारमा मुख्य कार्यालय रहेको संस्थाले आज बाँडफाँड हुन लागेको सेयरको गत भदौ १२ गते निष्काशन भएर भदौ १५ गते निष्काशन बन्द भएको थियो ।

लघुवित्तले साधारण सेयरका लागि ग्लोबल आइएमई क्यापिटल, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, रानीकुवा लमजुङ्, मल्लाज र पर्वत शाखा, ग्लोबल आइएमई बैंकको उपत्यकाका कान्तिपथ, सिनामंगल, सुकेधारा, पुल्चोक, नख्खु, सूर्यविनायक र बनस्थलि शाखा बाट आवेदन संकलन गरेको थियो । त्यस्तै, पोखराको न्यूरोड, हेटौडा, विराटनगर, नेपालगंज, विर्तामोड र ज्योति विकास बैंकका केही शाखाहरुबाट पनि आवेदन संकलन गरेको थियो ।

४ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...