काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार आज कार्तिक १६ गते बिहीबार आइपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका थिए ।
ती मध्ये ८५ हजार ९३० जना आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।कम्पनीको आईओमा २ हजार ३८१ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको थियो ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार १३:४३ मा प्रकाशित