back
NMB ad

नौलो पर्यटन,झोलुङ्गे पुलमा फोटो खिच्नकै लागि पनि पर्यटकको ओइरो

Kumari bank ad

सरकारले महाकाली नदी पारी दोधारा–चाँदनी नगरपालिकाका बासिन्दाको आवागमन सहजताका लागि निर्माण गरेको झोलुङ्गे पुल पछिल्ला वर्षमा पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

भीमदत्त नगरपालिकाको पिपरिया तथा दोधारा चाँदनीको बीच भएर बग्ने महाकाली नदीमा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाइको उक्त झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकन भ्रमणका लागि दैनिक आउने गरेका छन् ।

विसं २०६१ मा निर्माण गरिएको सो पुल दोधारा चाँदनीका बासिन्दालाई सदरमुकाम भीमदत्तनगर तथा देशका अन्य भूभागसित जोड्ने एक मात्रै विकल्पका रुपमा रहेको छ । “भारतीय भूभाग वनबासा भएर दोधारा चाँदनी आवतजावत गर्दा निकै कष्ट हुन्थ्यो ।,” झोलुङ्गे पुल छेउमै होटल व्यवसाय गर्दै आएका वीरसिंह धामीले भने, “झोलुङ्गे पुल बनेपछि आवागमनमा सहजता आउनुका साथै हाम्रो ठाउँ पर्यटकीयस्थल बन्न पुग्यो ।”

भीमदत्तनगर बजारबाट १० किलोमिटरको पश्चिम दूरीमा रहेको झोलुङ्गे पुल पुग्न पाँच किलोमिटर वर शुक्लाफाँटा वन्यजन्तु आरक्ष र नेपालकै पहिलो राना थारु होमस्टे रहेका कारण समेत यहाँ पर्यटक आकर्षित भएका हुन् ।
पुलमा फोटो खिचाउनेको दैनिक भिड लाग्ने गरेको छ । सामान्यरुपमा दैनिक ३÷४ बस पर्यटक आउने उक्त स्थानमा हिउँदका समयमा ६०÷६५ बस पर्यटकहरु आउने गरेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ४

वि.सं.२०७३ कात्तिक ४ बिहीवार २०:११ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...