back
NMB ad

महाकाली सिँचाइ : पानी छाड्न सफाइ गरिँदै मूल नहर   

Kumari bank ad

बेदकोट (कञ्चनपुर), २१ कात्तिक : राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ । टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे बाह्र किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो ।

“चालु आर्थिक वर्षमा मूल नहर सफाइको काम सुरु भएको हो”, निर्माण कम्पनी शुक्र कमली न्यू हुनैनाथ जेभीका प्रतिनिधि जतिन साउदले भन्नुभयो, “पानी सञ्चालनका लागि नहरमा रहेका झाडी हटाउने र नहरको सतह मिलाउने काम भइरहेको छ ।”

उहाँका अनुसार अहिलेसम्म दुई किलोमिटर नहर सफाइको काम सकिएको छ । रु दुई करोड ३५ लाखमा शुक्र कमली न्यू हुनैनाथ जेभीले मूल नहर सफाइको काम पाएको हो । टनकपुर बाँधदेखि साढे बाह्र किलोमिटरसम्म मूलनहर सफाइको काम चालु आर्थिक वर्षको चैतसम्म सकिने निर्माण कम्पनीले जनाएको छ । दुई पटक मूल नहरमा पानी परीक्षण गरिएपछि अब चाँडै पानी छोड्ने तयारी गरिएको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले जानकारी दिनुभयो ।

“निर्माण भएको मूलनहरमा पानी छोड्नका लागि भारतसँग पहल भइरहेको छ, चाँडै मूल नहरमा पानी आउँछ,” उहाँले भन्नुभयो । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट भम्का राधा खोलासम्म २३ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको छ ।

राधा खोलादेखि २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीसम्म मूल नहर निर्माण चालु आवमा सकिने आयोजना कार्यालयको दाबी छ । “फूलेलीदेखि ४८ किलोमिटर गोदावरी खोलासम्म मूल नहर निर्माणका लागि ठेक्का भइसकेको छ,” सूचना अधिकारी गुप्ताले भन्नुभयो, “ब्रह्मदेवदेखि फुलेलीसम्म बाइस वटा शाखा नहर निर्माण हुन्छन्, त्यसको काम पनि जारी छ ।”

नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माण सम्पन्न भइसकेको छ । महाकाली सन्धि भएको दश वर्षपछि आर्थिक वर्ष २०६३/६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ ।

विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ । यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । बाइसवटा शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सकिने छ ।

वि.सं.२०८० कात्तिक २१ मंगलवार १४:०९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...