back
NMB ad

१३ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा, कून सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १३.३२ प्रतिशतले धेरै हो ।

गत वर्ष कम्पनीले ११ करोड २२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा यसको नाफामा वृद्धि देखिएको हो । समिक्षा अवधिसम्ममा कम्पनीले २५ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्ष २४ करोड ४० लाख रुपैयाँ थियो ।

कम्पनीको वित्तीय खर्च पनि ७ करोड ४१ लाखबाट घटेर ६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा १७ करोड १४ हजार रुपैयाँ छ । त्यस्तै, रिटेन अर्निङमा ४६ करोड ४७ लाख रुपैयाँ जम्मा छ ।

यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३३ पैसा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५५ पैसा छ। यसले गत भदौ १० गतेदेखि प्रिमियम थप गरी २०६ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो

वि.सं.२०८० कात्तिक २२ बुधवार ११:१५ मा प्रकाशित

You can share this post!

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...