back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उच्च अंकको वृद्धि, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७६.२१ प्रतिशतले धेरै हो । गत वर्ष इन्स्योरेन्सले ७ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधि सम्ममा कम्पनीले लगानी तथा कर्जाबाट असोजसम्ममा ३१ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १००.२३ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १५ करोड ८५ लाख आम्दानी गरेको थियो ।

यसको कुल दावी भुक्तानी पनि १२०.१६ प्रतिशतले बढेर ६२ करोड १४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले २८ करोड २२ लाख रुपैयाँ कुल दावी आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २३.३२ प्रतिशतले कम हो ।

गत वर्ष इन्स्योरेन्सले ८४ करोड ३१ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने यसको रिटेन अर्निङमा ६६ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी भने ८ रुपैयाँ १ पैसाले घटेर १३ रुपैयाँ ० ४ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २१ रुपैयाँ १४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ९९ पैसा रहेको छ ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार ११:४३ मा प्रकाशित

You can share this post!

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...