back
NMB ad

नेपाल टेलिकमको नाफा २ अर्ब २ करोड, प्रतिशेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत कम हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५.४३ प्रतिशत, वित्तीय आम्दानी ७.७८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.५४ प्रतिशत घटेको छ।

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४० पैसा घटेर ४५ रुपैयाँ ५ पैसामा सीमित छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३४ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३.०४ प्रतिशत बढेर ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

वि.सं.२०८० कात्तिक २५ शनिवार १०:४७ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...