back
NMB ad

कुमारी बैंकले गर्यो ८ करोड बराबरको बीमा रकम भुक्तान

Kumari bank ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका चार हजार पाँच सय ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ ।

कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।
बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् ।

बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबि रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरुमाझ अत्याधिक लोकप्रिय रेहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०८० मंसिर १० आइतवार १७:५७ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...