back
NMB ad

सर्वोत्तम सिमेन्टमा ३६ लाख कित्ता शेयर माग, कट अफ प्राइस कति ?

Kumari bank ad

काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत निष्काशन भएको सर्वोत्तम सिमेन्टको शेयरमा ३६ लाख कित्ता शेयरको माग भएको छ। आज सोमबार बिहान ८ बजे खोलिएको बिडमा उक्त सङ्ख्यामा शेयरको माग भएको देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

भौचर अनुसार बैंकमा पैसा दाखिला भए नभएको सबै जाँच प्रक्रिया सकिएपछि कट अफ मूल्य तोकिने छ। अहिलेसम्मको अवस्थामा तल्लो मूल्य ४०१ रुपैयाँ नै हुने सक्ने सम्भावना रहेको नेप्सेले जनाएको छ।

कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिनेछ। सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले शेयर प्राप्त गर्ने छन्। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन।

कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूका लागि शेयर निष्काशन गरेको थियो।कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको हो। सोमध्ये ४० प्रतिशत हुन आउने २४ लाख कित्ता शेयरका लागि बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ तोकिएको थियो।

वि.सं.२०८० मंसिर ११ सोमवार ११:१५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...