back
NMB ad

नेपालमै पहिलो पटक माछापुच्छ्रे बैंकले ल्यायो ध्वनीबाट भुक्तानीको दिने सूचना प्रविधि

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । नेपालभरको फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी कम्पनीले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

बैंकले अबदेखि माछापुच्छ्रे बैंकका फिनपीओएस मर्चेन्टहरुले कार्ड, क्यूआर र एम स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत् हुने बताएको छ ।

सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको भन्दै कम्पनीले यसबाट भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बताएको छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका १ हजारभन्दा बढी फिनपोस वा पोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा जडान गर्न सकिने पनि कम्पनीले बताएको छ ।

यस बाहेक फरक-फरक माध्यमहरु मार्फत् डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन सधैं तत्पर रहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०८० मंसिर १२ मंगलवार १३:१३ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...