back
NMB ad

छुटाउनुहोला है, यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आज पुस ११ गते, बुधबार, हाथवे इन्भेष्टमेन्ट,  फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी तीन वटै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस १२ गते बुकक्लोज गर्ने भएका छन्।

यसर्थ, आजसम्म कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता भाग लिन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाथवेले हाल कामय चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी जम्मा १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये हेको छ। सोही प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।

त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोही लाभांश प्रस्तावसहित कम्पनीले पुस २८ गते, शनिबार आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।

त्यस्तै, तारागाउँ रिजेन्सीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सोही प्रस्तावसहित कम्पनीले पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।

वि.सं.२०८० पुस ११ बुधवार ०६:५१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...