काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको स्ंस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर आज पुस ११ गतेबाट लिलामी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यो सेयरमा न्यूनतम ३२५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस १९ गतेसम्म रहेको छ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन सकिनेछ ।
वि.सं.२०८० पुस ११ बुधवार ११:१० मा प्रकाशित