काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ २० रुपैंयाले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० माघ ९ मंगलवार १०:३७ मा प्रकाशित