back
NMB ad

लाभांश प्रस्तावसहित एशियन लाइफले बोलायो साधारण सभा, बुक क्लोज मिति तय

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा फागुन १८ गते शुक्रबार बिहान ११ः३० बजे बाराको सिमरास्थित होटल क्लासिकमा बोलाएको हो ।

साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

यस्तै, ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत(१ः०.४२)को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत छलफल गरी पारित गर्नेछ । बोनस सेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको एजेण्डा समेत रहेको छ ।

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ फागुन ७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनी वितरण गरेको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०८० माघ २५ बिहीवार ११:०३ मा प्रकाशित

You can share this post!

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...