back
NMB ad

एनआईसी एशिया लघुवित्तको नाफामा पहिरो, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ११ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.२६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको आम्दानी घटेको र खराब कर्जा उल्लेख्य बढेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.०८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६६ प्रतिशत र सञ्चालन मुनाफा ८९.६२ प्रतिशत घटेको छ। लघुवित्तको खराब कर्जा ३.३८ प्रतिशतबाट बढेर १३.७६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ५ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८ पैसा घटेर १३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २६ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १५ रुपैयाँ १५ पैसा रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । लघुवित्तको जगेडा कोषमा १ अर्ब ६ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तले १६ अर्ब ४२ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

वि.सं.२०८० माघ २८ आइतवार ०६:३८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...