back
NMB ad

कुन राशिको कस्तो छ आज ? हेर्नुहोस् आजको राशिफल ?

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् , तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० फागुन ४ शुक्रवार ०६:११ मा प्रकाशित

You can share this post!

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२८

रमेश लम्साल काठमाडौँ, १६ जेठ : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने...

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस...

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:१३

काठमाडौँ, १६ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...