back
NMB ad

हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान   

Kumari bank ad

वालिङ (स्याङ्जा), १० फागुन : स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच हजार अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताउनुभयो ।

हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको उहाँले बताउनुभयो । “नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि वडाले बजेट विनियोजन गरेको छ,” उहाँले भन्नुभयो, “हाम्रो परम्पराको संरक्षणका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वडास्तरीय स्वीकृत योजनाबाट वडाभित्रका हल गोरु पालेका किसानलाई अनुदान दिइने उहाँले बताउनुभयो । वडाभित्र अनुमानित ५०–७० हल गोरु हुनसक्ने अनुमान वडाको छ । “कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरुप न्यूनतम रु पाँच हजार उपलब्ध गराउँछौँ,” उहाँले भन्नुभयो, “हल गोरुपालन प्रवद्र्धन कार्यक्रममा सहभागी हुन वडामा अनुदानका लागि निवेदन दिनुपर्नेछ ।”

किसानले गोठमा हलगोरुसँग स्पष्ट देखिने गरी खिचेको तस्बिर, एकीकृत सम्पत्ति कर तिरेको रसिद, कृषि प्रयोजनका लागि एक महिनाअघि हलगोरुको व्यवस्था गरेको स्वघोषणा गरेको हुनुपर्ने वडासचिव डोलजङ्ग गुरुङले बताउनुभयो । वडा कार्यालयले किसानको गोठमा हल गोरुपालन गरे/नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिइने सचिव गुरुङले बताउनुभयो ।

वि.सं.२०८० फागुन १० बिहीवार ११:२८ मा प्रकाशित

You can share this post!

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:०५

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:४३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:३२

गोदार (धनुषा), ३१ वैशाख : जनकपुरमा सहकारीको रु ८० लाख...

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१४

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...