back
NMB ad

सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग   

Kumari bank ad

काठमाडौँ : सहकारीमाथि अनुगमन र नियन्त्रण प्रभावकारी बनाउन निजामति सङ्गठनले माग गरेको छ । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा सञ्चालित राष्ट्रसेवक सहकारी संस्थाको पाँचौ राष्ट्रिय भेलाले सहकारीलाई राज्यका तर्फबाट प्रभावकारी अनुगमन र नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको हो ।

दुई दिने उक्त भेलाका निष्कर्षबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहकारीका क्षेत्रमा देखिएका वर्तमान समस्या र चुनौतीका बारेमा जानकारी दिइएको थियो । सहकारी सञ्चालनमा शेयर सदस्यको सर्वाेच्चत र स्वःनियमन नरहनु, आवश्यकताका आधारमा सदस्य हुने र नियमित बचत भन्दा ठूलो प्रतिफलका लागि एकमुष्ट निक्षेप जम्मा गर्ने प्रवृत्तिका कारण थप समस्या उत्पन्न भएको औँलयाइएको छ ।

सहकारी सञ्चालनको मापदण्ड विपरीत तरलता व्यवस्थापन, ऋण लगानीलगायत कार्य गरिनु, वार्षिक साधारणसभामा शेयर सदस्यको सक्रिय सहभागिता नहुनु, वित्तीय विश्लेषण र सदस्य शिक्षालाई ध्यान नदिइनुलगायत समस्या रहेका सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले बताउनुभयो ।

राष्ट्रसेवक कर्मचारीका सहकारीमा त्यस्ता समस्या नभएको भन्दै उहाँले सहकारीलाई थप सबलीकरण गर्दै आगामी दिनमा एकीकरणको योजना बनाइएको बताउनुभयो । अध्यक्ष कोइरालाले राष्ट्रियस्तरका टे«ड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन छिटो जारी गर्न माग गर्नुभयो ।

सङ्गठनका महासचिव जीवन काफ्लेले राष्ट्रसेवक सहकारी संस्थामा ६९ जिल्लाका गरी हाल २० हजार नौ सय ८८ शेयर सदस्यको कूल रु दुई अर्ब २१ करोड ४८ लाख नौ हजार आठ सय १३ सम्पत्ति रहेको जानकारी दिनुभयो ।

‘सङ्गठन र राष्ट्रसेवक सहकारीको सबलीकरण ः दिगो व्यवस्थापन, स्वः नियमन र सुशासन’ को मूल नाराका साथ भएको भेलाको यही फागुन ७ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

संस्थाको गत असोज ८ गते भक्तपुरको खरिपाटीमा सम्पन्न राष्ट्रिय कार्यशालाको सुझावका आधारमा राष्ट्रिय भेला आयोजना गरिएको हो ।

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:०३ मा प्रकाशित

You can share this post!

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:४६

खोटाङ, २८ वैशाख : साहसिक खेल भनेर चिनिने चट्टान आरोहण...

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...