back
NMB ad

टोटल इनर्जीको रिटेलर मिट सम्पन्न

Kumari bank ad

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रा.लि. र काठमाडौँ उपत्यकाको चाबहिल जोरपाटी एरियाका टोटल इनर्जीको आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा रिटेलर मिट सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौंका १५० जना भन्दा बढि रिटेलर हरुको उपस्थिति रहेको थियो ।

शँकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाईरेक्टर शँकर राज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल वर्कशप ब्यवसायी सघँका केन्द्रिय अध्यक्ष शरण कुमार गुरुङ्ग, बिशेष अतिथिका रुपमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पुर्व अध्यक्ष माधव प्रसाद पाण्डे र अन्य अतिथिहरुमा नेपाल वर्कशप ब्यवसायी सँघका सह कोषाध्यक्ष श्री प्रसाद ग्रुङ्ग, टोटल इनर्जी इन्डिया का एक्पोर्ट म्यानेजर पुरुषोतमन एमएस. र लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेको सहभागीता रहेको थियो ।

कार्यक्रममा टोटल इनर्जी इन्डियाका पुरुषोतमन एमएसले टोटल इनर्जीमा उपलब्ध प्रडक्ट रेन्ज र यसका विशेषताको बारेमा सहभागी रिटेलरहरुलाई जानकारी गराउनु भएको थियो । बिशेष अतिथिको रुपमा बोल्दै NATU का पुर्व अध्यक्ष माधव पाण्डेले कमसल गुणस्तरका लुब्रिक्यान्टको कारोबार बढ्दै गएको अवस्थामा गुणस्तरिय लुब्रिक्यान्टको कारोबार गर्ने ब्यवसायीलाई चुनौती थपिएको उल्लेख गर्दै आम बिक्रेता र उपभोक्ताहरुलाई गुणस्तरिय लुब्रिक्यान्टको प्रयोग र बिक्रि बितरण गर्न सुझाब दिनुभएको थियो । कार्यक्रमका आयोजकको तर्फ बाट बोल्दै लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेले लक्ष्मी ग्रुपको साथै लक्ष्मी ल्युब आयल प्रा.लि. को बारेमा सहभागी हरुलाई जानकारी गराउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै शरण कुमार गुरुङ्गले गुणस्तरहिन लुब्रिक्यान्टको कारोबार मौलाउँदै जानु दुखद रहेको भन्दै यसलाई रोक्न मापदण्ड बनाउन सरकारसँग पहल गर्न प्रयास गर्ने जानकारी गराउनु भयो ।

वि.सं.२०८० फागुन १३ आइतवार १७:१४ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...