back
NMB ad

यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन संख्या २५ लाख नाघ्न सक्ने   

Kumari bank ad

कोलम्बो, १४ फागुन
श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताउनुभएको छ ।

उहाँले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा एक लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन् ।

मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताउनुभयो ।

वि.सं.२०८० फागुन १४ सोमवार १४:३० मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...