back
NMB ad

सर्वोत्तम सिमेन्टको आइपीओ : तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा आज तस्रो दिन अर्थात मंगलबार साँझसम्ममा१० अर्ब २२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा ५ लाख २४ हजार ७८ आवेदकले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् । मागभन्दा १०.२० गुणा बढी आवेदन हो ।

कम्पनीले फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० फागुन १५ मंगलवार १८:१० मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...