back
NMB ad

इटालीकै दोस्रो धनी, जसलाई पाल्न नसकेर आमाले अनाथालयलमा पठाएकी थिइन्

Kumari bank ad

गर्मी लागेसँगै आफ्नो आँखालाई शितलता दिन र आफ्नो लुकलाई फेशनेवल बनाउनका लागि हामी कालो चश्मा (सनग्लास) किन्न थाल्छौं । सनग्लासको ब्राण्डहरुमा सबैको रोजाईमा पर्ने एउटा ब्राण्ड हो रे–बन । हो हामीले रे–बन कम्पनीका मालिकको बारेमा त्यति नजाने पनि रे–बन सन ग्लस हाम्रो रोजाईमा पर्छ । आज हामीले रे–बन र ओक्ली कम्पनीका मालिकको सफलताको कथालाई यहाँ प्रस्तुत गरेका छौं ।
लियोनार्दो–डेल–भेइको, यही ब्राण्डका संस्थापक हुन् । गरिबीको मारमा हुर्किएका उनी इटालीकै दोस्रो धनीमा पर्छन् भने विश्वका ३७ औं धनीमा पर्छन् । ८१ वर्षीय यिनीसँग फोब्र्सका अनुसार १७ दशमलव ३ बिलियन डलर सम्पत्ति रहेकोछ । सम्पत्तिको स्रोत नै उनको आइग्लास कम्पनी नै हो भने उनी आफ्नै बलबुँतामा विश्वकै धनी भएका व्यक्ति हुन् ।
हाल इटालीको मिलानमा बसोवास गर्दै आइरहेका उनी बाल्यकालदेखि नै धनी परिवारमा जन्मिएका भने हैनन् । उनीहरु गरिब परिवारका थिए । उनी जन्मिएको ५ महिनामा नै उनको पिताको निधन भएको थियो । जब उनका पिताको निधन भयो तब उनकी आमाले आर्थिक व्यवहार सम्हाल्न सकिनन् । पाँच जना सन्तानलाई पाल्नलाई उनलाई धौधौ भयो । त्यसैले त्यतिबेला उनले लियानार्दो सहित अन्य ४ जना छोराछोरीलाई अनाथालयमा पठाइदिइन् । त्यतिबेला उनी मात्र ७ वर्षका थिए ।
त्यसपछि उनको बाल्यकाल अनाथालयलमा नै बित्यो । काम गर्न सक्ने भएपछि उनी घर फर्किए । आफ्नो घरको गुजारा चलाउनका लागि उनले काम गर्न थाले । उनले विभिन्न कामहरु गरे । १४ वर्षको उमेरमा उनले कारको सामानहरु बनाउने एवं चश्माको पाटपुर्जा बनाउने ठाउँमा काम गर्न थाले । उनी अत्यन्त मेहेनती थिए । उनी अति मेहेनती थिए, साथसाथै उनले आफ्नो हरेक कामलाई नजिकबाट नियालीरहेका थिए । उनले काम गरिरहेकै समयमा उनको हातका केही औंला पनि गुम्न पुगेको थियो । तर त्यसले पनि उनलाई काम गर्न र आफ्नो कम्पनी खोल्नबाट रोक्न सकेन ।
समयसँगै उनी त्यो चश्माको सीसा बनाउने काममा अति नै आकर्षित भए । उनलाई त्यही कामप्रति लगाव हुन थाल्यो । त्यसरी काम गरेको एक दशकमा नै उनले आफ्नो सानो कम्पनी खोले जसले चश्माको पाटपुर्जा बनाउने काम गर्न थाल्यो । त्यतिबेला उनको कम्पनीले चश्माको सीसा बनाउने र अन्य कम्पनीलाई बेच्ने काम गथ्र्यो ।
उनले समयसँगै अरमानी कम्पनीसँग साझेदारी गर्ने मौका पाए । यसले नै उनलाई इटालीभरी परिचित बनाइदियो । यो सन् १९८८को कुरा थियो । सन् २००० सम्ममा उनको कम्पनी लक्जोटिका इटालीको स्टक मार्केटमा सूचिकृत भयो । यसपछि नै उनले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग काम गर्ने मौका पाए । पछि उनले त्यसरी सीसाहरु बेच्ने काम छाडे र आप्mनै चश्मा बनाउने निर्णय लिए । उनले रेबन र ओक्ली ब्राण्ड किन्न पुगे । योसँगै उनलाई विश्वले नै चिन्न पुग्यो ।
उनले त्यो समयमा खोलेको कम्पनी लक्जोटिकाले अहिले बुल्गारी, अरमानी, च्यानल, रल्फ लाउरेन लगायतका कम्पनीका लागि सामान बनाउने काम गर्छ । संसारकै सबैभन्दा ठूलो ग्लास कम्पनीले यसमा ७७ हजार ७ सय ३४ जनाले काम गर्छन् भने संसारभर यसको ७ हजारभन्दा बढी स्टोरहरु रहेका छन् ।
हाइस्कुलको अध्ययन पनि पूरा नगरेका उनले विभिन्न विश्वविद्यालयबाट मानार्थ डिग्रीहरु हासिल गरेका छन् । मेहेनत र लगन भएमा जुनसुकै क्षेत्रमा अगाडि बढ्न सकिने बताउने उनले एउटा अन्तरवार्तामा भनेका छन् कि काम सबैभन्दा पहिला आउँछ, यदि मैले फलफूल बेच्ने कामबाट सुरुवात गरेको हुन्थे भने म फलफूलप्रति नै आकर्षित हुन्थे र त्यही नै मेरो क्षेत्र हुने थियो ।

इरादा पहाडी

एजेन्सीको सहयोगमा, २३ कार्तिक २०७३, ७ :२३

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०७:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...