back
NMB ad

मैलुङ खोला जलविद्युतद्वारा बोनस सेयर घोषणा, लगत्तै नेप्सेले गर्यो कारोबार रोक्का

Kumari bank ad

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समिति बैठकले २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश गरी जम्मा २.३३ वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव आगामी साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गरिनेछ ।

कम्पनीले सेयर कारोबार सुरु भइसकेपछि मात्र लाभांश सम्बन्धी सूचना सार्वजनिक गरेपछि नेप्सेले कारबाही गरेको छ । नेप्सेले बिहीबार कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न पनि मैलुङ खोलालाई निर्देशन दिएको छ ।

कम्पनीले बुधबार नै सञ्चालक समितिको बैठकबाट लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर लाभांश सम्बन्धी उक्त निर्णय बिहीबार सेयर कारोबार सुरु भइसकेपछि मात्र नेप्सेलाई जानकारी गराएपछि कारबाहीमा परेको हो ।

वि.सं.२०८० चैत ८ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...